नियम १०
हस्ताक्षरयुक्त निवेदन पेश गर्नु पर्ने
ः
(१) यस नियमावली बमोजिम दल दर्ताको लागि निवेदन दिने राजनैतिक दलले नियम ७ को खण्ड (झ) बमोजिम दश हजार मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदनसाथ प्रत्येक मतदाताको नाम थर, जिल्ला, निर्वाचन क्षेत्र, गा.वि.स.÷न.पा., वडा, मतदाताको दर्ता क्रम संख्या, मतदाताको नागरिकता नम्बर र जारी भएको जिल्ला, माता वा पिता÷पतिको नाम, थर समेतको विवरण अनुसूची–४ बमोजिमको ढाँचामा संलग्न गरी अनुसूची–३ बमोजिमको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन र सो साथ संलग्न मतदाताहरूको विवरण सत्य भएको व्यहोरा अधिकार प्राप्त व्यक्तिले प्रमाणित गरेको हुुनु पर्नेछ ।